मनकामनापोष्ट

Written by 8:50 am ताजा अपडेट, मधेस प्रदेश, सुरक्षा/अपराध

महोत्तरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ


महोत्तरी,जेठ ३० गते । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जितेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

(Visited 55 times, 1 visits today)

HTML tutorial