मनकामनापोष्ट

Written by 12:15 pm ताजा अपडेट, राजनीति, राष्ट्रिय

नव निर्वाचित मेयर यादवद्वारा सरकारी गाडीको दुरुपयोग,अबेर राती जन्तिमा


जीतेन्द्र कुमार राम

जनकपुरधाम,१ असार। स्थानिय सरकारका नीति अनुरुप जनप्रतिनिधिलाई सेवा पुर्याउन नेपाल सरकारद्वारा उपलब्ध गराइएको सवारी साधन बिदाको दिन चलाउन नमिल्ने प्राबधान रहेपनी धनुषाकै एक पालिका प्रमुखले भने जन्तिमा उक्त सवारीको प्रयोगको गरेको पाइएको छ। जिल्लाकै क्षिरेश्वरनाथ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सुखदेव यादवले उक्त गाडी प्रयोग गरेको हो।नगरप्रमुख यादवले महोत्तरीको एक ठाउमा जन्तिमा उक्त गाडीमा आफै चढेर गएको देखिएको छ। प्रावधान अनुसार बिदाको दिन वा कार्यालय समय बाहेक कुनै अति आवश्यक काम परे जिल्ला प्रसासनबाट अनुमती लिइ मात्रै चलाउन ब्यबस्था रहेपनी प्रमुख यादवले कुनै प्रकारको अनुमती वा बिना निर्देशन दुरुपयोग गरेको हो। जानकारी अनुसार नगरप्रमुख यादवले आफू सहित आफू निकट ब्यक्तिहरु सवार भइ गाडी जन्तिमा प्रयोग गरेको हो।मेयर यादवले चढ्ने बा.२ झ. ४३७५ नम्बरको गाडी अबेर राती २ बजेतिर महोत्तरीको एक ठाउमा देखिएको हो।

(Visited 33 times, 1 visits today)

HTML tutorial