मनकामनापोष्ट

Written by 11:54 am ताजा अपडेट, राष्ट्रिय

सर्लाहीमा मानवता सक्यो: घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला पर्यो


। नितेश पटेल सर्लाही

असार ७ गते जिल्लाको कविलासीमा घाँटी रेटी हत्या गरेको अवस्थामा एक जाना युवकको शव फेला परेको छ । कविलासी नगरपालिका वडा–८ स्थित अगर्वामा बस्ने स्थानीय २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको हिजो सोमबार राति हत्या भएको हो । सोही ना.पा.अगर्वा स्थित चोकभन्दा करीब २ सय मिटर पश्चिममा अवस्थित बाँसबारी नजिकमा धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएर रगत चारै तीर लतपतिएको अवस्थामा आज बिहानको समयमा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जानकारी गराए अनुसार हिजो ठाकुर सोमबार राति खाना खानका लागि घर नयाएपछि परिवारले खोज तलास गर्दागर्दै पनि रातिभारी फेला पारेका थिएनन् । मृतकको ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

(Visited 33 times, 1 visits today)

HTML tutorial