मनकामनापोष्ट

Written by 4:20 pm प्रदेश, मधेस प्रदेश, समाज

पर्सामा घर घरमा पुगेर अपाङ्ग परिचय पत्र कार्ड वितरण गर्दै अधिकृत रौनियार



कृष्णा कुशवाहा
पर्सा,भाद्र १४ गते ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको सर्हानिय कामले गाउँपालिका बासी खुसी व्यक्त गरेका छन् ।
अधिकृत रौनियारले गाउँपालिका भित्र रहेका अपांगहरुको घर घरमा पुगि अपांग परिचयपत्र कार्ड बनाई बितरण गरिरहेका छन । अपाङ्गहरु लाई गाउँपालिकामा आवत जावत गर्न कठिनाई भएकोले आपाङहरुको घरमै पुगेर परिचयपत्र बनाउने अधिकृत रौनियारले बताएका छन ।
गाउपालिकाको विभिन्न वडामा भएका अपाङ्गहरुलाई उनिहरुकै घर गएर परिचय पत्र बनाई दिने र उनीहरूको समस्या बुझी समाधानका लागि गाउँपालिकाबाट पहल गरिने अधिकृत रौनियारले बताए । अहिले सम्म करिब ४० जना अपाङ्गहरुको घरमा पुगी परिचयपत्र कार्ड वितरण गरी सकिएको र यो कामलाई निरन्तरता दिइने अधिकृत रौनियारले बताए ।
अधिकृत रौनियार आउन साथ जनप्रतिनिधिहरुको सहकार्यमा गाउँपालिकाले विकास निर्माणको काममा गति लिएको र गाउँ गाउँमा नला , रोड ढलान , विद्यालय भवन , स्वास्थ्य चौकी भवन समेत निर्माण भइसकेको गाउँबासीहरुले बताए । अधिकृत रौनियारले कार्यालयको काम सकाएर गाउँ गाउँमा पुगी विकास निर्माणको कामको अनुगमन गर्नु साथ उहाँको कामप्रति गाउँबासीहरुले खुसी व्यक्त गरेका छन् ।

परिचय पत्र बितरण कार्यक्रमा महिला शाखा प्रमुख कौशल्या साह , समाजिक शाखा एवम स्वास्थ्य शाखा प्रमुख नरेश प्रसाद चौहन , प्रेस सल्लाहकार संजिव मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

(Visited 51 times, 1 visits today)

HTML tutorial