मनकामनापोष्ट

Written by 4:56 pm प्रदेश, प्रदेश नं.१, राष्ट्रिय, समाज

सर्लाहीमा आफ्नै छिमेकी वडाअध्यक्षबाट एक महिला माथी बलात्कारको प्रयास



राजिव शाह
सर्लाही,भाद्र १४ गते ।
सर्लाहीमा आफ्नै छिमेकी वडाअध्यक्षबाट एक महिला माथी बलात्कारको प्रयास भएको छ । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ७ वडाका अध्यक्षले बलात्कारको प्रयास भएको पीडित परिवारले बताएका छन् । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७ नोकैल्वाकी ३० वर्षिया एक महिलामाथि सोही वडाका वडाअध्यक्ष श्याम कुमार यादवले स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन्।
गत भदौ ५ गते राती करिब २ बजेको समयमा राती सुतिरहेको अवस्थामा वडा अध्यक्ष यादवले आफुमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको आरोप छ । पिडक वडाअध्यक्ष यादवको घर आफ्नो घरको छेउमै रहेकोले यसअघि पनि उनले पटकपटक आफु माथि दुर्ववहार गरेको पिडित महिलाले गुनासो गरिन। वडाअध्यक्ष यादवले घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न सम्बेदनशिल अंगहरुमा हातपात गरि चोलो समेत साडी टुक्राटुक्रा गरी करणीको प्रयास गरेको पिडित महिलाले बताइन् ।
वडा अध्यक्ष यादव ४–५ बर्ष अगाडी पनि गाउँकै छिमेकी महिलालाई जबर्जस्ती गरे पछि पन्चायत बाट दण्ड जरिवाना गरि मिलापत्र गरिएको स्थानियहरुले बताए । यस घटनालाई समेत वडा अध्यक्ष यादवका केही मानिसले डेढ बिघा जमिन दिएर मिलापत्र गर्न दबाब दिने गरेको पीडित महिलाले गुनासो गरिन ।
यति घट्नाले यति खेर पीडितपक्षका केहीलाई घटना बारे जथाभावी बोल्नेलाई डर त्रास देखाउने काम भएको आरोप छ ।
घट्नालाई लुकाउन जाहेरी दर्ता समेत नगर्न राजनीतिक दवाबले प्रहरीले समेत पीडित महिलाको जाहेरी दर्ता गर्न नचाहेको गुनासो गरे ।
यता घटनामा संलग्न वडाअध्यक्ष यादव घटनाको दिनदेखि नै परिवार सहित बाहिर भागेका छन् । अहिले उनी फोन सम्पर्कमा भए पनि घटनामा आफुलाई फसाउन खोजेको बताउँछन् ।
पीडित महिलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कुबेतमा रहेका छन् ।

(Visited 10 times, 1 visits today)

HTML tutorial