शुभ नारायण यादव
सप्तरी,भाद्र १५ गते । कोरोना महामारिका बिच सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मटकि फोर कार्यक्रम सम्पन्न गरिएको छ । ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरको प्रांगणमा माटाको वर्तन डोरिमा झुन्डयाई मटकी फोरिएको छ । भगवान श्रीकृष्णले यसरी नै माखन चोरी गरिएको समयको समझना गर्दै यो कार्यक्रम आयोजना गरेको हो । स्थानीय युवाहरुले विगत ५ वर्ष देखि आफ्ना संस्कृतिलाई जोगाउने उदेश्यले निरन्तरता दिदै आएको स्थानीय यूवा वैदानन्द कुमार मण्डलले भने– पछिल्लो वर्ष कोरोनाका कारण हामीहरुले आयोजना गर्न सकिएन । यस वर्ष पनि साधारणै तरिकाले आयोजना गरियो अर्का युवा सुनिल मण्डलका अनुसार हामीहरु पछिल्लो वर्षमा आसपासका गाउँमा पनि मटकि फोर कार्यक्रम गरे वापत पुरस्कार समेत पाएका थियौं तर, यसपालि आफनै गाउँमा मात्रै आयोजना गरेर समापन गरेका छौं । वडा कार्यालयबाट युवाहरूलाई सर्वतको व्यवस्था निशुल्क गरेको थियो ।
कोरोना महामारीका बिच सप्तरिमा मटकि फोर कार्यक्रम

(Visited 58 times, 1 visits today)