मनकामनापोष्ट

Written by 5:24 pm प्रदेश, मधेस प्रदेश, राजनीति, समाज

बाराका दुई गाउँपालिका प्रमुख र उपप्रमुख महन्थ ठाकुर नेतृत्वको लोसपा मा



अमरेस कुमार पाण्डेय
बारा,भाद्र १५ गते ।
बाराका दुई वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखले महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बाराको परवानीपुर र प्रसौनी गाउँपालिकाका प्रमुख र उपप्रमुखले मंगलबार लोसपाको पक्षमा सनाखत गरेका हुन् ।
उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर लोसपाको पक्षमा सनाखत गरेका हुन् । आफूसहित उपप्रमुख र गाउँपालिकाका दुई जना वडाध्यक्षहरुले लोसपामा सनाखत गरेर आएको परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहले जानकारी दिए ।
आफूसहित गाउँपालिकाकी उपप्रमुख सावित्री देवी, वडा नम्बर १ का वडाध्यक्ष मिश्री महतो र वडा नम्बर ३ का वडाध्यक्ष अनिल रामले पनि लोसपाको पक्षमा सनाखत गरेको उनले बताए
यसैगरी बाराको प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता र उपप्रमुख गीता साहले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । मंगलबार नै जिल्ला निर्वाचन कार्यालयमा गएर आफूसहित उपप्रमुख साहले लोसपाको पक्षमा सनाखत गरेर आएको गुप्ताले जानकारी दिए ।

(Visited 14 times, 1 visits today)

HTML tutorial