मनकामनापोष्ट

Written by 5:39 pm प्रदेश, मधेस प्रदेश, राष्ट्रिय, समाज

पर्सामा गठन भएको नेपाल समूहका नेकपा एकिकृत समाजवादीको बैठकबाट विभिन्न निर्णय



रंजित चौरसिया
पर्सा,भाद्र १५ गते ।
पर्सामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ ।
बालगोपाल थापाको नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको हो । जिल्ला सचिवालयको मंगलबार बसेको बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको अध्यक्ष थापाले वताए ।
जिल्लाको सदरमुकाम वीरगंजमा बसेको सचिवालयको बैठकले प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने निर्णय गरेको उनले जानकारी दिए ।
नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहको प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीको सपथ ग्रहण वीरगंज बसपार्कस्थित सोल्टी पार्टी प्यालेसमा भदौ २६ गते गर्ने निर्णय समेत गरेको छ ।
साथै अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टी समाहित हुन आवहान गरेको जिल्ला सचिव बिक्रम चौरसियाले वताए ।

बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, प्रदेश कमिटीका सदस्यहरु किशोरी कुशवाहा, योगेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

(Visited 9 times, 1 visits today)

HTML tutorial