मनकामनापोष्ट

Written by 5:47 pm प्रदेश, मधेस प्रदेश, राष्ट्रिय, समाज

सप्तरीमा लागु औषध सहित एक यूवक पक्राउ


शुभ नारायण यादव
सप्तरी,भाद्र १५ गते ।
सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ बाट लागु औषध सहित एक यूवक पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ योगिनियाका अन्दाजि २५ बर्षिय धिरु भनिने धिरेन्द कुमार यादव रहेका हुन । इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सुरेश पालको नेतृत्वमा खटिएको टोलिले गोप्य सुचनाको आधारमा यादवको घर छापामारि गर्दा १ सय २५ ग्राम ब्राउण्ड सुगर लागु औषध सहित बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा सो लागु औषध सहित बरामद गरेको स्थानीयबासिहरुले बताएका छन । यता बरामद गरिएका लागु औषध सहितलाइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । श्रोतका अनुसार यसअघि पनि यादवलाई सुनसरीबाट समेत पक्राउ गरेको थियो । पछिल्लोपटक सप्तरीको हनुमाननगर सहितका सिमावर्ति नाका भएर लागु औषध ओसार पसार हुने गरेको स्थानीयबासिहरुले बताएका छन ।

(Visited 8 times, 1 visits today)

HTML tutorial