मनकामनापोष्ट

Written by 10:19 am प्रदेश, मधेस प्रदेश, राष्ट्रिय, समाज

कल्याणपुरमा भैसीको मल राखेको विषयमा झडप एक महिलाको मृत्यु



सिरहा,भाद्र १६ गते ।
कल्याणपुर नगरपालिका १ डुमरीमा दुई परिवार बीचको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको मृत्यु भएको हो । स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

श्रीदेव यादवले बाटोमा भैसीको मल राखेको विषयमा झडप सुरु भएको थियो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् ।

घटनामा संलग्न सबैको तीव्र रुपमा खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

(Visited 222 times, 1 visits today)

HTML tutorial