मनकामनापोष्ट

Written by 4:59 pm प्रदेश, मधेस प्रदेश, राष्ट्रिय, समाज

सुगौलीमा नेकपा एमालेको पालिका स्तरिय भेला सम्पन्न



पर्सा,भाद्र १६ गते । पर्साको पटेर्वा सुगौलीमा नेकपा एमालेको पालिका स्तरिय भेला सम्पन्न भएको छ । पालिका अध्यक्ष फरमान अंसारीको अध्यक्षता एवं केन्द्रिय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य राजकुमार गुप्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीको ३८ महिने कार्यकालमा देशमा बिकाशको लहर छायोको दावी गर्नुभयो । नेता गुप्ताले नेपाली काँग्रेसले नेपाली जनतालाई भ्रमको खेती गरेर शासन गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले ओली सरकारको नेतृत्वमा सडक बिस्तार, प्रत्येक स्थानिय तहमा अस्पताल, मेलम्ची खानेपानी, हुलाकी सडक मार्ग, नयाँ नक्सा जस्ता महत्वपुर्ण काम सम्पन्न भएको बताउनुभयो । उहाँले दुई महिना बितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार हुन नसक्नु दुखत भएको बताउनुभयो । उहाँले वर्तमान सरकारबाट नेपाली जनताको कल्याण नहुने समेत दावी समेत गर्नुभयो । उहाँले आउने १५ महिना पछि हुने स्थानिय चुनावमा पुनः हरीबाबु चौधरीलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले देश बिकाशको लागि एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले आउने चुनावमा एमालेलाई प्रचण्ड बहुमतका साथ जिताउनु आग्रह समेत गर्नुभयो । कार्यक्रममा संबिधान सभा सदस्य जयप्रकाश थारु,पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, सचिव मनोज गुप्ता,वीरगंज महानगर अध्यक्ष बिश्वमर शमा लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रममा युवा संघ पर्सा अध्यक्ष महम्द निजाम, केन्द्रिय सदस्य रवि गुप्ता लगायत हजरौं कार्यकर्ताको उपस्थिती रहेको थियो ।

(Visited 48 times, 1 visits today)

HTML tutorial