मनकामनापोष्ट

Written by 5:39 am प्रदेश, मधेस प्रदेश, राष्ट्रिय, समाज

सप्तरीमा नहरमा डुवेर एक युवकको मृत्यु


शुभ नारायण यादव
सप्तरी,भाद्र १७ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक युवकको मृत्यु भएको छ । नहरमा दिशा गर्न गएका हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ भारदह लपटोलियाका गंगा राम ईसरको अन्दाजी २४ बर्षीय छोरा लक्षमण कुमार ईसरको सो नहरमा डुवेर मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ । मलेसियामा सात बर्ष बसाइपछि १५ दिन अगाडी मात्रै घर आएका लक्षमण साथीहरु संग भेटघाट पछि उनी नहरमा दिशा गर्न गएका थिए । दिशा गर्न गएको बेला नहरको डिलबाट लडेर उनको नहरमा नै डुवेर मुत्यु भएको हुन सकिने स्थानियबासीले जनाएको छ । उनको ज्यान गएपछि छरछिमेक सहित पुरै गाउँ नै शोकमा परेका छन । यता मृतक युवकको शव स्वास्थ्य परिक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा ल्याएको छ भने घटना बारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 25 times, 1 visits today)

HTML tutorial