मनकामनापोष्ट

Written by 4:29 pm अर्थ/वाणिज्य, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

मिर्चैया नगरपालिकाद्धारा किसानलाई बाख्रा बितरण



रामनारायण ठाकुर
सिरहा,भाद्र १८ गते ।
मिर्चैया नगरपालिकाले किसानलाई बाख्रा बितरण गरेको छ । मिर्चैया नगरपालिका वडा नं. १ र २ का एक सय जना किसानलाई बाख्रा बितरण गरेको छ ।
आर्थिक विपन्न तथा दलित परिवारलाई आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले २० जनाको एउटा समुह बनाएर ५ समुहको जम्मा १ सय जना किसानलाई बाख्रा बितरण गरिएको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले बताए ।
अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले भने बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे । बाख्रा हस्तान्तरण गर्दै यादबले भने,“अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
उक्त बाख्रा हस्तान्तरण कार्यक्रममा मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव, मिर्चैैया नगरपालिका वडा नं.१ का वडाअध्यक्ष धनीकलाल यादब,वडा नं.२ का वडाअध्यक्ष लक्षमेश्वर कापैर,पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी लगायत,नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

(Visited 47 times, 1 visits today)

HTML tutorial