मनकामनापोष्ट

Written by 4:22 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राजनीति, राष्ट्रिय, समाज

सर्लाहीमा नेपाल उत्पिडित जातिय मुक्तिसमाजको जिल्ला भेला सम्पन्न


राजिव शाह
सर्लाही,भाद्र १९ गते ।
नेपाल उत्पिडित जातिय मुक्तिसमाज सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ ।
मलंगवा स्थित जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा नेपाल उत्पिडित जातिय मुक्तिसमाज सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ ।
मुक्तिसमाज केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज रामनरेस मण्डलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य सह–ईन्चार्ज तथा पूर्व मन्त्री बद्री नयोपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा बिशिषठ अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह, केन्द्रीय सदस्य हरि परसाद उपरेती,नेपाल उत्पिडित जातिय मुक्तिसमाज को केन्द्रीय सदस्य तथा प्रदेश नं २ को अध्यक्ष गोविन्द पासवानको, अतिथिहरु मुक्तिसमाजको केन्द्रीय सदस्य तथा प्रदेश नं २ को उपाध्यक्ष पार्वती विश्वकर्मा,केन्द्रीय सदस्य तथा सर्लाही सह–ईन्चार्ज चित्र बहादुर विश्वकर्मा,केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्मा,रामचन्द्र राम रहनुभएको थियो । नेकपा एमाले सर्लाही का नेता जयप्रकाश यादव , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (ल्ल्म्क्ध्इ)सर्लाही को अध्यक्ष (दलित अभियन्ता) राजेश पासवान र प्रदेश नं २ कमिटी को कतिपय सदस्य कमरेडहरू को उपस्थिती रहेको थियो । भेलाबाट बिलटु पासवानको अध्यक्षता मा २५ सदस्य जिल्ला कमिटी चयन गरिएको छ । कार्यक्रमको संचालन चित्र बहादुर विश्वकर्माले गर्नु भएको थियो ।

(Visited 28 times, 1 visits today)

HTML tutorial