मनकामनापोष्ट

Written by 4:28 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

सर्लाहीमा २० जना अपंगता परिवारलाई राहत वितरण



राजिव शाह
सर्लाही,भाद्र १९ गते ।
सामुहिक अधिकार सामुहिक अभियान दोस्रो लहर कोभिड महामारीको सीमान्तकृत आदिवासी दलित र मधेसी अपंगता व्यक्तिहरुको लागि राहत सामाग्री वितरण गरेको छ ।
रास्ट्रय आदिवासी जनजाती ,अपाङ्ग महिला संघ नेपाल (निडवान) को आयोजना तथा नेपाल अपाङ्ग संघ सर्लाहीको संयोजनमा जिल्लाका विभिन्न पालिकालाका २० जना अपंगता परिवारलाई राहत वितरण गरिएको हो ।
शनिबार मलंगवा स्थित जिल्ला समन्वय समितिकोको प्राङ्गणमा भएको कार्यक्रममा जिल्लाका २० जना अपंगता परिवारलाई जिल्ला समन्वय प्रमुख मेथुर चौधरीले राहत सामाग्री वितरण प्रदान गर्नुभएको हो । नेपाल अपाङ्ग संघ सर्लाहीका अध्यक्ष बिरेन्द्र रायको नेतृत्वमा २५ केजी,१केजी दाल, १ लिटर खने तेल,१ किलो नुन,१ केजी सयोबिन,५ केजी पिठो, चिउरा १ केजी लगायत सामाग्री वितरण गरिएको छ ।

(Visited 18 times, 1 visits today)

HTML tutorial