मनकामनापोष्ट

Written by 10:38 am कला/मनोरञ्जन, ताजा अपडेट, फोटोफीचर/मल्टिमिडिया, बागमती प्रदेश, मनकामनापोष्ट स्पेसल, समाज

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक



काठमाडौं,भाद्र २१ गते । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।
यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् ।

नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहालका अनुसार सो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ ।

जुन महारानी एलिजावेथ चढ्ने गर्छिन् ।

(Visited 75 times, 1 visits today)

HTML tutorial