चितवन,भाद्र २१ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर १ को सभापतिमा काशिराम चालिसे निर्वाचित भएका छन्।
आज सोमबार भएको निर्वाचनमा चालिसेले नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा निकट हर्क बहादुर खुलाललाई हराएर सभापति हुन सफल भएका हुन्। चालिसे राप्ती नगरपालिकाका नेपाली काँग्रेसका लोकप्रिय युवा नेता हुन्। यसका साथै उनी चितवनका कान्छा सभापति हुन पनि सफल भएका छन्।
(Visited 5 times, 1 visits today)