मनकामनापोष्ट

Written by 6:07 pm ताजा अपडेट, बागमती प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, सुरक्षा/अपराध

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूससहित पक्राउ



काठमाडौं,भाद्र २१ गते । २ लाख घूस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो ।
जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।
घुस लिइसकेको अवस्थामा उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

(Visited 6 times, 1 visits today)

HTML tutorial