धनुषा,भाद्र २१ गते । प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा थप एक प्रदेश सांसदले सनाखत गरेका छन् । पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपामा सनाखत गरेका हुन् । उनी पूर्व राजपाका संसदीय दलका नेता समेत थिए ।
नेता सोनल लोसपामा सनाखत गरेसँगै प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा सनाखत गरेका हुन् भने बाँकी जसपामै रहेका छन् । त्यस्तै सभामुख सरोज कुमार यादवले समेत लोसपामै सनाखत गर्ने जनाइएको छ ।
नवगठित लोसपामा सनाखत गर्ने प्रदेश सांसदहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकी शरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा. डिम्पल झा, प्रहलाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल रहेका छन् ।
पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री सोनलले रोजे लोकतान्त्रिक समाजवादी पार्टी

(Visited 15 times, 1 visits today)