मनकामनापोष्ट

Written by 3:27 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

जिल्ला प्रशासन धनुषाका कर्मचारी घुससहित रंगेहात अख्तियारको टोलीले पक्राउ



धनुषा,भाद्र २२ गते । जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको छ । कार्यालयका नायब सुब्बा उमेश चौधरीलाई जनकपुरधामको क्याम्पस चौकस्थित एक होटलमा सेवाग्राहीसँग साढे ८ हजार रुपैयाँ घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली पक्राउ गरेको हो ।
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएको बताइएको छ । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाहीको लाई चौधरीलाई बर्दिबास लगेका छ ।

(Visited 18 times, 1 visits today)

HTML tutorial