मनकामनापोष्ट

Written by 4:14 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

सप्तरीको राजविराज स्थित कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले ले मनाएर तिज



शुभ नारायण यादव
सप्तरी,भाद्र २२ गते ।
सप्तरीको राजविराज स्थित कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले आज तिज मनाएका छन् ।
तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै उहाँहरूले कारागारमा तिज मनाउनु भएको हो ।सदस्यहरूसहित कारागार पुग्नु भएकी तिज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तिजको दर मनाउनु भएको हो । समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरिरहेको छ ।
त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो । वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम गरिएको व्यवस्थापन उपसमितिकी संयोजक अनीता देवकोटाले जानकारी दिनुभयो ।
जेललाई सुधार केन्द्रका रूपमा लिदै भविष्यमा समाजमा पुनस्थापित हुने गतिविधिमा संलग्न हुन समितिका पदाधिकारीहरूले शुभकामना दिनुभयो । यस्ता कार्यक्रमले शुभकामना आदानप्रदानका साथै रचनात्मक क्रियाकलापमा प्रोत्साहन गर्ने र सकारात्मक भावनाको विकास गर्ने जेलर सुमन कोइरालाले बताउनु भयो । जेल जिवन बिताउन बाध्य महिलाहरूसँग सामाजिक व्यक्तिहरुले शुभकामना साटासाट गर्दा एक्लोपन हटेको महसुस हुने उहाँको भनाई थियो ।
चाडपर्वमा घर–माइतको यादले सताउने र खिन्न हुनुपर्ने अवस्थामा कारागारमा रहेका महिलालाई सम्झेर आएकोमा महिला कैदीबन्दीले धन्यवाद दिएँ । अघिल्ला वर्षहरूमा तिजका वेला निन्याउरो भएर बस्नुपरेकोमा यसवर्ष कारागारभित्र रहेका महिलाहरुलाई पनि सम्झेर आएकोमा कारागारकी महिला चौकीदारले खुशी व्यक्त गर्नुभयो । अघिल्ला वर्षहरूमा महिला कैदीबन्दीको तिज खल्लो हुने गरेको र तिजका बेला खिन्न हुनु परेको उहाँले बताउनु भयो ।
‘पर्खालभित्रभित्र रहेका कैदीबन्दी महिला दिदी–बहिनीको मुहारमा खुसी ल्याउन सम्झेका हौँ,’ समितिकी कोषाध्यक्ष ललीता कर्णले दर खान र श्रृंगारको समान पाउनुभन्दा हामिसँगको भेंटघाटले महिला कैदीबन्दी बढी खुसी भएको अनुभव गरेको बताउनु भयो । उहाँले कारागारभित्र रहेका कैदीबन्दीको समस्या बुझ्न बेला–बेलामा विभिन्न संघ–संस्थाहरु जानु पर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, अधिवक्ता मनु खनाल, मनोविमर्शकर्ता रन्जना चौधरी, सामाजिक कार्यकर्ता रिया राय सञ्चेतीलगायतको सहभागिता रहेको थियो ।

(Visited 7 times, 1 visits today)

HTML tutorial