मनकामनापोष्ट

Written by 4:27 pm अर्थ/वाणिज्य, ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, समाज, स्वास्थ्य/कोरोना भाइरस

बैंक अफ काठमाण्डू मिर्चैया शाखाद्धारा प्राथमिक उपचार केन्द्र मिर्चैयालाई स्वास्थ्य सामग्री हस्तान्तरण



रामनारायण ठाकुर
सिरहा,भाद्र २४ गते ।
बैंक अफ काठमाण्डू मिर्चैया शाखाले मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको प्राथमिक उपचार केन्द्र मिर्चैयालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिर्चैया नगरपालिका वडा नं. ७ स्थित प्राथमिक उपचार केन्द्र मिर्चैयालाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजर,पीपीई, ग्लोवसलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बैंक अफ काठमाण्डू मिर्चैया शाखाका प्रमुख बिरेन्द्र कुमार मंडलले बताए ।


बैंकले प्राथमिक उपचार केन्द्र मिर्चैयालाई ५० प्याकेट सर्जिकल मास्क, २० लिटर सेनिटाइजर,५० थान पीपीई र सर्जिकल ग्लोवस ५० प्याकेट सहितका स्वास्थ्य सामग्री वितरण गरिएको बैंक अफ काठमाण्डू जनकपुर शाखाका प्रमुख संजय मिश्रले जनाएको छ ।

(Visited 112 times, 1 visits today)

HTML tutorial