मनकामनापोष्ट

Written by 4:40 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

सप्तरीमा करेन्ट लागेर ११ बर्षीय एक बालकको मृत्यु



शुभ नारायण यादव
सप्तरी,भाद्र २४ गते ।
सप्तरीमा करेन्ट लागेर एक ११ बर्षीय बालकको मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ सकरपुरा निवासि बिनोद ठाकुरको छोरा चन्दन कुमार ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । घरमा एकलै भएको अबस्थामा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा दुबै हातमा करेन्ट लागी घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता सो घट्नाको थप अनुसन्धान कार्य भईरहेको र प्रहरी टोली खटी गई लास जाँच मुचुल्काको कार्य भई पोष्ट मार्टमको लागी गजेन्द्र नारायण सिह अस्पताल राजबिराज पठाएको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।

(Visited 3 times, 1 visits today)

HTML tutorial