मनकामनापोष्ट

Written by 4:14 pm अर्थ/वाणिज्य, ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

दलित बालिकालाई हेल्प मधेशीद्धारा आर्थिक सहयोग



जीतेन्द्र कुमार राम
धनुषा,भाद्र २६ गते ।
एक ८ बर्षिय दलित बालिकाको एकाएकी पेट बढेको तथा पारिवारिक आर्थिक अभावका कारण उपचार गराउन असमर्थ बालिकालाई हेल्प मधेशीले आर्थिक सहयोग गरेको छ।
जिल्लाको सवैला नगरपालिका ३ का इश्वर महरा तथा जितकुमारी महराका छोरी वर्षा कुमारी महरालाइ हेल्प मधेशीका मलेसिया संगठन साह आलम दलानले घरमै पुगि नगद १५००० आर्थिक सहयोग गरेका छन।
इश्वर महराका जेठी छोरी पनि त्यही रोगबाट ग्रसित भइ अल्पाआयुमै ज्यान गुमाएकी थिइन भने कान्छी छोरिको पनि त्यही रोगले जकडिदा सामुदायिक स्तरबाट लगभग ५५००० जतिको सहयोगमा उपचार जनकपुरमै गराए पनि सन्तुष्टिजनक उपचार नभएको र रोगको निदान पनि नदेखिएका कारण भारतको बिहार स्थित दरभंगामा उपचार गराउदा सुधार देखिएपछि पुनः अर्को जांचमा लग्न गइरहेको र आर्थिक त्रुटि रहेका कारण उक्त सहयोग गरिएको हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादबले बताए।
हेल्प मधेशी गरिव,असहाय,अपांग एवं तिनिहरुको सहयोगमा निरन्तर खटिरहने संस्था हो।हेल्प मधेसिको साउदी,कतार,दुबई,मलेसिया ,क्यानडा लगायत अन्य देशमा पनि शक्त मजबुत संगठन छन।

(Visited 27 times, 1 visits today)

HTML tutorial