मनकामनापोष्ट

Written by 12:36 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्वास्थ्य/कोरोना भाइरस

प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग


धनुषा,भाद्र २८ गते । प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारलाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १ हजार ८ सय ९० थान, पिपिई मेडियम २ सय ७६, पिपिई लार्ज २ सय ७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३ सय ६० थान रहेको हस्तान्तरण गरेको हो ।
अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा फाउण्डेशनले उक्त सामग्रीहरु मुख्यमन्त्री लालबाबु राउत मार्फत प्रदेश सरकारलाई हस्तान्तरण गरेका हो ।
उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिति रहेको थियो ।

(Visited 1 times, 1 visits today)

HTML tutorial