मनकामनापोष्ट

Written by 5:13 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सशस्त्र प्रहरी भित्रै खैलाबैला, पैसाको भरमा उत्कृष्ट प्रहरीमा चयन गरिदै



रंजित चौरसिया
पर्सा,भाद्र २९ गते ।
प्रहरी संगठनमा राम्रो काम कारवाही गर्न सफल हुने प्रहरीहरूलाई उत्कृष्ट प्रहरीमा सम्मान गर्न हुन प्रावधान रहेपनी पर्सा जिल्लामा पैसाको भरमा उत्कृष्ट प्रहरीमा सम्मान हुँदै आएको एक घटनाले उजागर पारेको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजि चन्द्र प्रकाश गौतमको आदेशले पर्सा जिल्लाको सीमा नाकाहरूमा कडाइ हुनासाथ सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले आफ्नो कमाइ धन्दाको रूपनै फेरेका हुन ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणमा उत्कृष्ट प्रहरी हुने प्रहरी सङ्ग खेलवाड गर्दै आफ्नो नजिकको प्रहरीलाई उत्कृष्ट गरिएको एक प्रहरीले जनाएका छन । सशस्त्र प्रहरीमा आफ्नो इमान्दारिताले मुलूकको राजस्वमा वृद्धि गर्नुको साथै लागू औषध, हातहतियार पक्राउ गर्ने प्रहरीलाई उत्कृष्ट प्रहरीमा सम्मान गर्नु पर्ने हो तर केही पैसा सशस्त्र प्रहरी उपरीक्षक खडकालाइ दिनसाथ उत्कृष्ट प्रहरीमा सम्मान हुने गरेको एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
बिरगंज भन्सारमा चौथो पटक जान सफल भएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापाले उत्कृष्ट प्रहरी बापत एसपी साबलाइ १ लाख रूपैया नजराना बुझाएको श्रोतले बताए । उत्कृष्ट प्रहरी हो भन्दै आफ्नो माथिल्लो निकायलाइ झुक्याउदै पुनः चौथो पटक भन्सार पठाइएको बताइन्छ । बिरगंज भन्सारमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा उक्त नाकाबाट सशस्त्र प्रहरी उपरीक्षक खडका र सशस्त्र प्रहरी निरीक्षकको नामबाट मासिक लाखौ रूपैया उठाइ आकाहरूलाइ पुर्याउदै आएको बताइन्छ ।
बिरगंज भन्सारबाट रकम उठाउनको निम्ति सिपालु रहेका थापालाइ पुनः बिरगंज भन्सारमा पुर्याइएको छ । तर इमान्दारिता पूर्वक कार्य गर्ने अर्को सशस्त्र प्रहरीका कर्मचारी सङ्ग खेलवाड गर्दै सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका आफ्नो मनोमानी पाराले केही पैसाको लोभमा परि उत्कृष्ट प्रहरी हुनेहरूलाई सम्मान नगरी आफ्नो आसेपासेलाइ उत्कृष्ट बनाउनु दुर्भाग्यको बिषय बनेको छ ।
यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । यस्ता यस्ता क्रियाकलाप भइरहदा सामबन्धित अथवा माथिल्लो निकायको मौनताले ठूलो प्रश्ण चिन्ह खडा गरेको छ ।

(Visited 56 times, 1 visits today)

HTML tutorial