सिरहा,भाद्र ३० गते । आजबाट सुरु कक्षा १२ को परीक्षा सिरहामा पनि शान्त वातावरणमा सन्पन्न भएको छ । कोभिड १९ को जोखिम कायमै रहेको बेला यहाँका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पुरागर्दै परीक्षा सञ्चालन गरेको हो ।न्द्यच्
सरकारले तोकेको स्वास्थय मापदण्ड अपनाइ परिक्षा संचालन गर्ने निर्देशन अनुसार नै परीक्षा सञ्चालन भैरहेको शिक्षा समन्वय समिति सिरहाले जनाएको छ । परीक्षामा सहभागी सवै विद्यार्थीलाई अनिवार्य माक्स लगाउने, सेनिटाईजार गर्ने, भौतिक दुरी कायम गर्ने र तापक्रम नापेर परीक्षा कोठामा प्रवेश गराएको बताइएको छ ।
परीक्षामा जिल्लाका ६२ विद्यालयका ४ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जिल्ला शिक्षा समन्वय समितिले जनाएको छ । परीक्षा दिन पाएपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । प्रत्यक बेन्चमा एक जना विद्यार्थी राख्ने गरेको छ ।
सिरहामा कक्षा–१२ परीक्षा शौहार्दपुर्ण वातावरणमा आजबाट सुरु

(Visited 30 times, 1 visits today)