मनकामनापोष्ट

Written by 4:39 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

१२ सिडिओको सरुवा, तीन जना मन्त्रालय तानिए



काठमाडौं,भाद्र ३० गते । गृह मन्त्रालयले १५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने तीन जनालाई मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको प्रजिअ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए ।
त्यस्तै रुद्र शर्मालाई भक्तपुर पठाइएको छ । उनी गुल्मीमा थिए । पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । कोषहरि निरौलालाई मन्त्रालय तानिएको छ ।
दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ । टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । त्यस्तै टेकराज निरौलालाई दोलखा, बासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।
आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, विरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।

(Visited 39 times, 1 visits today)

HTML tutorial