मनकामनापोष्ट

Written by 3:32 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

चाड पर्वलाई लक्षित गर्दै प्रतेक शुक्रबार बन्द हुँदै आएका पसल कात्तिक १९ गते शुक्रवार सम्म खुल्ला रहने



ताप्लेजुङ,भाद्र ३१ गते ।
दशैं–तिहार छैठ जस्ता चाडपर्व नजिकिन थालेपछि प्रत्येक शुक्रवार बन्द हुने ताप्लेजुङको फुङ्लिङ बजार कात्तिक तेस्रो साता सम्मका लागि खुल्ला हुने भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघले असोज १ गते शुक्रवारबाट बजार खुुल्ला गरी कात्तिक १९ गते सम्म खुल्ला गर्ने र कात्तिक २६ गते शुक्रवारबाट फेरी साप्ताहिक रुपमा बन्द हुने निर्णय लिएको संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । चाडवाडका बेला उपभोक्तालाइ किनबेचमा सहज होस् भनेर ताप्लेजुङ उद्योग बाणिज्य संघले दशैं–तिहार–छैठ पर्व सम्मका लागि साप्ताहिक रुपमा बन्द हुने फुङ्लिङ बजार कात्तिक तेस्रो साता सम्मका लागि खुल्ला हुने गरी निर्णय लिएको छ । सदाझै बर्स झै यो बर्स पनि खुल्ला गरिएको हो ।

(Visited 4 times, 1 visits today)

HTML tutorial