शुभ नारायण यादव
सप्तरी,असोज १ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा करारमा कार्यरत रहेको कर्मचारी ईन्जिनियर भाष्कर सिंहको सेटिङ्गमा भ्रष्टचारको अडा गाउँपालिकामा प्रष्ट रूपले छर्लङ्ग देखिएको छ ।
गाउँपालिकाको प्रत्येक वडाहरूमा हुने , बिकासीय काम काजमा प्रबिधिकले ठुलो सेटिङ्ग उपभोगता समितिहरू संग गरेर, कमसल र गुणस्तरीय हिन सामग्रीहरू प्रयोग गरेर बिल पास गरिने काम काज गर्दे आएको छन् ।
प्रत्येक वडामा हुने काम काज मा १०० मा ५०% असुलि गरिने आफु समेत दाबि गरेर कमसल सामग्रीहरूको प्रयोग गर्नु बिल पास गरिने मेरो काम हो । उपभोगता समितिहरू संग मिलो मतोमा चरमलपराबी काम काज गर्दे आएको स्थानीय बुद्जिब युवा उपेन्द्र यादवले बताउनु भएको छ।
त्यस्तै गरि वडा नं ६ को मधेपुरामा निर्माणधीन वडा कार्यलयमा समेत प्रबिधिक भाष्कर सिंहको सेटिङ्गमा १० लाखको फाउन्डेसनमा दुई देखी तिन नम्बर ईट्टाको बिल पास गरेर काम काजलाई तिब्रता दिएको स्थानिय युवा मनोज कुमार यादवले बताउनु भएको छ।
त्यतिके होईन महालेखा प्रतिवेदनको अनुसार तिलाठी कोईलाडी गाँउपालिकाबाट प्रबिधिक भाष्कर सिंहले १,००,००० (एक लाख ) पेश्कि रकम समेत आ .व २०७६– २०७७ मा उठाउनु भएको छ। यता भ्रष्टाचार गर्न जनप्रतिनिधि भन्दा प्राविधिकको प्रमुख हात हुन्छ । बिल पास देखि हरेक ठाउँमा उसकै ठूलो भुमिका रहेको प्रष्ट रूपले छर्लङ्ग देखिएको छ।
सप्तरीको तिलाठि कोइलाडिमा करार इन्जिनियरको सेटिङ्गमा व्यापक भ्रष्टाचार

(Visited 59 times, 1 visits today)