मनकामनापोष्ट

Written by 5:55 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सप्तरीमा अपहरण मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ



शुभ नारायण यादव
सप्तरी,असोज १ गते ।
राजविराज । सप्तरीमा अपहरण मुद्दाका एक फरार प्रतिवादीलाई दश वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शिव कुमार मण्डल छन् ।
मण्डलले ०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस–७ का ४५ वर्षीय जसकरण चौधरीलाई अपहरण गरेका थिए । सोही मुद्दामा सप्तरी जिल्ला अदालतले ०७१ बैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो । फरार रहेका मण्डललाई विहिवार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लले बताए । यता मण्डललाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।

(Visited 22 times, 1 visits today)

HTML tutorial