शुभ नारायण यादव
सप्तरी,असोज २ गते । सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा आईपुगै अक्सिजन प्लान्ट, आम जन्ताको आश र बिस्वासको सपना संगै राजविराजको छिन्नमस्ता अस्पतालमा
स्थापनाका लागि आवश्यक सामग्री आज राजविराज आइपुगेको छ ।
सप्तरीको मुटुमा रहेको छिन्नमस्ता अस्पतालमा आज अक्सिजन प्लान्ट आउन बितिकै स्रोत साधन प्रयोग गरेर अस्पतालको भित्रमा सुरक्षित तरिकाले राखिएको छ। अक्सिजन प्लान्ट आउन बितिकै दोस्रो खुशी सप्तरी बासीहरूलाई पुनः भएको स्थानियहरू बताउँछन्।
दैनिक १०० सिलिण्डरसम्म भर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट अस्पतालले चाडै स्थापना गर्न लागेको बताउनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्तालमा ल्याइएको अस्पतालको संयोजक दिपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाका अनुसार आईतबार देखी प्लान्ट स्थापना गर्ने ठाउँ सुरक्षित गरि केहि हप्तामे हामीहरू सेवा सुविधा दिने बताउनुभयो। यता स्थापना भए पछि चाहिने आवश्यक अस्पतालहरूमा समेत अक्सिजन सेवा सुविधा दिने अस्पतालको निर्देशक बरिष्ठ ईन्जिनियर शलैन्द्र मोहन झाले बताउनुभयो ।।
छिन्नमस्ता अस्पतालमा आईपुगै अक्सिजन प्लान्ट,चाँडै संचालनमा आउँने

(Visited 29 times, 1 visits today)