मनकामनापोष्ट

Written by 6:28 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

सिरहामा सडक दुर्घटनामा परी एक युवकको मृत्यु



सिरहा,असोज २ गते । सिरहामा सडक दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नपा १० जिरोमाईलमा ना.१ ज. ७४१७ नम्वरको विङ्गरलाई प्र.२–००३–०१४–प ८४३५ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा दुर्घटनाहुँदा धनगढीमाई नपा कसहाका करिव २४ वर्षिय सुरेश भन्ने अमृत महतोको मृत्यु भएको हो ।
विङ्गलाई ओभरटेक गरिरहेका बेला थप गाडी अगाडीबाट आएपछि स्लोगरेका मोटरसाइकललाई पछाडिबाट ठोकेको प्रत्यक्ष देर्शिले बताए । विङ्गर ईलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

(Visited 31 times, 1 visits today)

HTML tutorial