मनकामनापोष्ट

Written by 6:46 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

गठबन्धन चुनावसम्मै कायम रहन्छ, तीन दिनभित्र मन्त्रिमण्डल विस्तार हुन्छ ः प्रचण्ड


जनकपुरधाम,असोज २ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावसम्मै पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन मुलुकको लागि अतिआवश्यक भएको समेत बताए । तीन दिनभित्रै सरकार विस्तार हुने प्रचण्डको दावी थियो । प्रचण्डले प्राविधिक कारणले मात्रै सरकार विस्तार हुन नसकेको बताए ।

आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उनले बताए । एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताए ।

(Visited 104 times, 1 visits today)

HTML tutorial