मनकामनापोष्ट

Written by 5:54 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

आज संविधान दिवस मनाउँदै



जुगेस दास
सुनसरी,असोज ३ गते ।
आजको दिन नेपालको संविधान जारी भएको सातौँ वर्ष पूरा भई आठौँ वर्षमा प्रवेश गरेको दिन हो । यो अवसरमा सुनसरी जिल्लाको विभिन्न सरकारी तथा गौर सरकारी निकायले आज संविधान दिवस मनाउँदैछ । संविधान दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले शुक्रबार सूचना जारी गर्दै गाउँबासीहरुमा भब्यताका साथ संविधान दिवस मनाउन अनुरोध गरेका थिए ।

कार्यवाहक अध्यक्ष मेहताद्धारा जारी गरिएको सूचना अनुसार भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूणर् वडा कार्यालय, पालिकामा कार्यरक्त सम्पूणर् कर्मचारीहरु र सामुदायीक तथा संस्थागत विद्यालय लगायतका सरकारी तथा गैर सरकारी संस्थाहरुले भब्यताका साथ संविधान दिवस मनाउन लागेको हो ।

त्यस्तै प्रकाशीत सूचनामा उल्लेख भए अनुसार आ आफ्नो कार्यालय परिसर, सार्वजानिक क्षेत्र तथा विद्यालय परिसर सरसफाई गर्ने, राष्ट्रिय झण्डा एंव संविधान दिवस केन्द्रित ब्यानर बनाई कार्यालय सजाउने र सरकारी कार्यालय वा सार्वजानिक स्थलहरुमा साँझ दीप प्रज्वलन तथा घर घरमा दिपावली मनाउन समेत अनुरोध गरेकी थिइन् ।

त्यस्तै फरक प्रंसगमा भोक्राहा नरसिंह गाउँपालिकाले सोमबार सार्वजानिक विदा समेत दिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका भित्र उँराव जातजातिहरुको बाहुल्यता रहेकाले करम पुजाको अवसरमा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले शुक्रबार सूचना प्रकाशित गर्दै बिदा दिएकी छन् ।

उनले उराँव जातिको करम पुजा र करम पुर्वको सन्ध्याको अवसरमा असोज ४ गते सोमबारका दिन गाउँपालिका क्षेत्र भित्र एक दिन स्थानीय सार्वजानिक बिदा दिने निणर्य भए बमोजिम बिदा दिएको सूचना अधिकारी संदेश तिमिल्सिनाले जानकारी दिए । उता करम पुजाकै अवसरमा कोशी गाउँपालिकाले पनि स्थानीय बिदा दिएको छ ।

(Visited 113 times, 1 visits today)

HTML tutorial