ताप्लेजुङ, असोज ४ गते । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पोषणजन्य तरकारीबालीको बितरण गर्न थालेको छ । पालिकाले सम्वन्धित वडामा रहेका टोल विकास संस्थामार्फत किसानहरुलाइ असोज ११ भित्र पोषणजन्य सब्जीको बीउ बितरण गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार वडापालिकालाइ उपलब्ध गराइएको पोषणजन्य सब्जीको बीउ वडापालिकाले असोज ७ भित्र आ–आफ्नो वडा भित्रका टोल विकास संस्थाका अध्यक्षहरुलाइ उपलब्ध गराइसक्नुपर्ने हुन्छ । घिमिरेले गाउँपालिको आर्थिक विकास शाखाले पालिकाका ८ वटै वडाहरुलाइ यसअघि नै पोषणजन्य सब्जीको बीउ उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।‘सिरिजंगाको सान,उद्यमशील किसान’ कार्यक्रम अन्र्तगत पालिकाका किसानलाइ पोषणजन्य सब्जी खेतीमा प्रोत्साहित गर्न गाउँपालिकाले सब्जीको बीउ खरिद गरी वडापालिकालाइ पठाइ सकेको उहाँले बताउनुभयो ।
सिरिजंगा गाउँपालिकाले प्रत्येक वडामा ९ वटाका दरले टोल विकास संस्था गठन गरेको छ । साविकका ८ वटा गाउँ विकास समितिमा रहेका प्रत्येक वडालाइ आधार मानेर अहिलेका प्रत्येक वडामा ९ वटाका दरले टोल विकास संस्था गठन भएका छन् ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पोषणजन्य तरकारीबालीको बीउ बितरण गर्दै

(Visited 17 times, 1 visits today)