मनकामनापोष्ट

Written by 5:03 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, स्वास्थ्य/कोरोना भाइरस

अरु वर्ष झै यस वर्ष पनि विश्व फर्मासिष्ट दिवस मनाइने


जुगेश दास
सुनसरी,असोज ६ गते ।
अरु वर्ष झै यस वर्ष पनि विश्व फर्मासिष्ट दिवस मनाइने भएको छ । नेपाल फार्मेसी स्टुडेन्ट्स सोसाइटी (एनपीएसएस) औषधि संस्थान महाराजगञ्ज काठमाडौंले यस वर्ष पनि फर्मासिष्ट दिवस मनाउन लागेको हो ।
२००२ मा स्थापना भएको यस संस्थानमा फार्मेसी विद्यार्थीहरू बीच सक्रिय नेतृत्व र समन्वय मार्फत फार्मेसी पेशा र समाजमा योगदान पु¥याउने अभिप्राय राखेको छ ।
नेपाल फार्मेसी स्टुडेन्ट्स एसोसिएशन, नेपालको फार्मेसी विद्यार्थीहरूको एक अधिकृत, गैर राजनैतिक र गैर–लाभदायक संघ हो र यसले नेपालका सबै फार्मेसी विद्यार्थीहरूलाई सम्बोधन गर्न स्थापित भएको हो । जसले अन्तर्राष्ट्रिय फार्मास्यूटिकल स्टुडेन्ट्स फेडरेशनको पूर्ण सदस्य पनि हो।
नेपाल फार्मेसी स्टुडेन्ट्स सोसाइटीका अध्यक्ष श्री सागर पौडेलका अनुसार यस बर्ष पनि दिवसको अवसरमा अनलाईन बाटै विश्व फार्मासिस्ट दिवस मनाइने भएको छ ।
फार्मासिस्टको महत्त्वपूर्ण भूमिकालाई बढावा दिन र प्रोफेशन–सम्बन्धित समस्याको कुनै पनि किसिमको समस्या समाधान गर्न फार्मेसी विद्यार्थीहरु बीच एउटा मञ्च सिर्जना गर्न विभिन्न कार्यक्रमहरूको योजना गरिएको अध्यक्ष पौडेले जनाएको छ।
यस वर्षको पहिलो कार्यक्रमका योजना अनुसार विद्यार्थी ले पोस्टर, बनाएर, अथवा यस बर्षको विश्व फार्मासिस्ट दिवसको थिम अन्तर्गत रही “फार्मेसी अल्वयेज ट्रस्टेड फर योर हेल्थ” लाई सृजनात्मक ढंगबाट प्रस्तुत गर्नुपर्नेछ ।
दोश्रो कार्यक्रम अन्तर्गत साहित्य प्रतियोगितामा आधारित विद्यार्थीले लिखित रुपमा फर्मेसी पेसालाई लक्षित गरेर तयार पारेको कबिता, निबन्ध आदिबाट एक जनालाई बिजेता चयत गरिने छ ।
संस्थानको तेश्रो कार्यक्रम योजनामा गिव अवेए अन्तर्गत लाइक शेयर गरि ३ जना सथी लाई कमेन्ट बक्समा मेन्सन गर्ने एक जना विजेतालाई पाँच सय रुपैया प्रदान गरिनेछ र यसका लाागि औपचारिक पेजलाई पनि लाइक गर्नु पर्नेछ र सबै प्रतियोगिहरुले आवेदन शनिवार रात्री सम्म मान्य हुने अध्यक्ष पौडेले जानकारी दिए ।

(Visited 9 times, 1 visits today)

HTML tutorial