मनकामनापोष्ट

Written by 5:06 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, स्वास्थ्य/कोरोना भाइरस

सप्तरीमा सर्पले टोक्दा एकै परिवारका दिदीभाइको मृत्यु


शुभ नारायण यादव
सप्तरी,असोज ६ गते ।
सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।
जिल्लाको खडक नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।
सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरीका डिएसपि एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । यता मृतकको शव पोष्टमाटसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

(Visited 17 times, 1 visits today)

HTML tutorial