मनकामनापोष्ट

Written by 5:09 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

खोक्लिङको खैरेनिमा पहिरोले चार घरपरिवार विस्थापित


ताप्लेजुङ,असोज ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर २ खोक्लिङको खैरेनिमा मंग्लवार दिउँसो परेको अविरल बर्साका कारण घर माथी पहिरो गएपछि चार घर परिवार विस्थापित भएका छन् । जमिन चिरा चिरा भएर फुटेको र त्यसमाथि रहेको विशाल ढुंगो पल्टिँएर बस्तीमा आउने जोखिम बढेपछि चार परिवार विस्थापित भएको स्थानीय डम्बर थापाले जनकारी दिनु भयो । बलबहादुर ,पदमबहादुर,मानबहादुर र नरेन्द्र थापाको परिवार विस्थापित बनेका छन् । उनिहरु मंग्लवार राती देखिनै छिमेकीकोमा सरेको थापाले जानकारी दिनु भयो । बस्ती माथि रहेको ढुङ्गा सबै भन्दा खतरनाक बनेको छ । थापाले भन्नू भयो ढुंगो विशाल भएकोले न त्यो ढुंगो पल्टाउन सकिन्छ न त छिनो र मार्तलले फुटाउन नै सकिन्छ ढुङ्गा आधा ढल्केको अवस्थामा रहेको छ ढुङ्गा पल्टिँए चार घर नै ध्वस्त बनाउने उहाँले बताउनु भयो । यो ढुङ्गा न हटाइए सम्म चार घर परिवारको बसोबास गर्ने उपायनै न भएको समेत जानकारी दिनु भयो। पहोरोको उच्च जोखिममा रहेको खोक्लिङ्मा यो बर्ष खासै ठुलो पहिरो नगएको भएता पनि मंग्लवार दिउँसोको बर्साले जोखिम बढाएको स्थानीयबासी बताउछन । जोखिमका हिसाबले सबैभन्दा बढी यहि क्षेत्रमा रहेको उनीहरु बताउँछन् ।

(Visited 12 times, 1 visits today)

HTML tutorial