मनकामनापोष्ट

Written by 7:02 pm ताजा अपडेट, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सप्तरीका बिपन्न दलित महिलाहरु चुरा बनाउने सीप सिक्दै


शुभ नारायण यादव
सप्तरी,असोज ६ गते ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अत्ति बिपन्न दलित महिलाहरू लाहाको चुरा बनाउन ब्यस्त देखिएकी छिन् । सीप सिकेर आत्मानिर्भर बन्ने उद्देश्यका साथ उनीहरु लाहाको चुरा बनाउन कम्मर कसेर लागेका छन् ।
युरोपियन युनियन, डब्लुएचएचको आर्थिक तथा प्राबिधिक सहयोग, आसमान नेपालको अगुवाईमा दलित सरोकार मञ्च नेपालद्वारा आयोजित नागरिक सक्रियता परियोजनाबाट चुरा बनाउन सीप सिक्ने अबसर पाएपछि उनीहरुले बिभिन्न प्रकारका आकर्षक चुरा बनाउन सिकेका छन् । चुरा बनाएर ब्यापार गर्ने सोचले चुरा बनाउने सीपमूलक तालिममा सहभागी भएको राजगढ ५ कि संजुला देबी सदाले बताईन् । हामी जस्ता गरिवले ठूलो ब्यबसाय गर्न सक्दैनौं सदाले भनिन्, थोरै लगानीमा पनि ब्यापार गरि राम्रो आम्दानी प्राप्त गर्न सकिने भएकोले चुरा बनाएर व्यापार गर्ने सोच बनाएर तालिममा सक्रिय सहभागी भएको बताईन ।
तालिमका सहभागी अनिता देबी सदाले घरमै बसेर चुरा बनाएर दैनिक १ हजारसम्म कमाउन सकिने बताईन् । अर्काकोमा बनिबुतो गर्नु भन्दा घरबसेर चुरा बनाउँदा दुई दिनसम्म घामपानीमा खटेर कमाईने ज्याला भन्दा दोब्बर कमाउन सकिने उहाँले बताईन् । आफुहरुले स्थानीय स्तरमै उत्पादन गरेको चुरा गुणस्तरीय तथा आकर्षक देखिने भएकोले थोक ब्यापारीहरु घरमा आएर चुरा लाने स्थानीय सुनिता रामले बताईन् । चुरा बनाउन अफ्ठेरो छैन, रामले भनिन्, थोरै लगानीले पनि ब्यापार चलाउन सकिन्छ ।
राजगढ ५ कि असिया देबी रामले चुरामा लगानी भन्दा दोब्बर आम्दानी हुने भएकोले सीप सिक्ने अवसर दिएर हामी गरिवहरुको ठूलो उपकार गरेको उहाँले बताईन् । सीप सिकेका हामी जस्तालाई थोरै पूँजीको ब्यबस्था भए राम्रो कमाउन सकिने उहाँको भनाई छ । स्थानीय अत्तिबिपन्न दलित महिलाहरुलाई सीप सिकाई रोजगारीको ब्यबस्था गर्ने उद्देश्यले २५ दिने लाहाको चुरा बनाउने तालिम संचालन गरेको दलित सरोकार मंच सप्तरीका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले जानकारी दिनु भयो ।
स्थानीय ७ जना मुसहर र ८ जना चमार समुदाय महिलाहरु तालिम सहभागी भएको उहाँले जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष प्रमानन्द यादवको नेतृत्वमा रहेको संयुक्त अनुगमन टोलिद्वारा राजगढ गाउँपालिका ५ का २५ दिने लाहा चुरा तालिम, वडा नम्बर ४ स्थित बेमौसमी तरकारी खेती पूर्व तयारीको खेतीयोग्य जग्गा अवलोकन, वडा नम्बर ४ र ३ मा संचालित सम्बाद केन्द्र कक्षा अवलोकन, वडा नम्बर ३ मा गठित दलित जागरण सेवा समितिको नागरिक संघ संस्थाको स्थलगत निरीक्षण गरेका थिए ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा नम्बर १ का अध्यक्ष नारायण यादव, ४ का हेम नारायण साह, कार्यपालिका सदस्य निभा राम, स्वास्थ्य सेवा संयोजक रामचन्द्र यादव, दलित सरोकार मञ्च नेपालका अध्यक्ष मुक्तिलाल मरिक, संचारकर्मीहरु रहेको दलित सरोकार मञ्च सप्तरीका कार्यक्रम संयोजक राज कुमार पासवानले जानकारी दिनु भयो ।
गाउँपालिकामा सुशासन कायम गर्न, युवा संघ संगठनहरुलाई क्षमता अभिबृद्धि गराई पालिकाको पहुँचसम्म पु¥याउने, मुसहर, चमार, डोम, मुस्लिम समुदायका महिलाहरूलाई सीपमूलक तालिम सिकाई जीबिकोपार्जनमा सहजता ल्याउने, गाउँपालिकामा कानुनले तोकेका कार्यहरुमा सिकाई आदानप्रदान गर्ने उद्देश्यको साथ नागरिक सक्रियता परियोजनाले आफ्ना गतिविधि अगाडि बढाएको मंचका कार्यक्रम संयोजक पासवानले जानकारी दिनुभयो ।

(Visited 34 times, 1 visits today)

HTML tutorial