मनकामनापोष्ट

Written by 7:04 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

बिकशित समाज बनाउन लैङ्गिक हिंसा न्युनिकरण गर्न जरुरीः– अध्यक्ष हुसेन


अमित ठाकुर
रौतहट,असोज ०६ गते ।
लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ। यस हिंसालाई हाम्रो समाजबाट कसरी न्युनिकरण गर्ने सम्बन्धि ग्रामीण बिकाश नेपालको आयोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। सो अन्तरक्रिया कार्यक्रममा विभिन्न थर र धर्मका ब्यक्तिहरुको उपस्थितिमा लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो भन्ने कुरामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। लैङ्गिक हिंसा न्युनिकरण गर्न अहिले रौतहटको दुई नगरपालिका अर्थात् राजदेवी नगरपालिका र राजपुर नगरपालिकामा गरि ९ वटा वडामा सो कार्यक्रम संचालन भएको ग्रामीण बिकाश नेपालका अध्यक्ष पारस हुसेनले बताउनु भएको हो। हाम्रो लगायत विश्वका धेरै समजहरूमा पुरूष भन्दा महिलाहरू विभिन्न प्रकार हिंसाबाट वढि पिडित भएका कारण यसलाई न्युनिकरण कसरी गर्ने सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न भएको हो। महिला र पुरुषबीच असमान शक्ति र सम्बन्धको परिमाणस्वरूप सिर्जित आपराधिक कृत्य मात्र नभई मानवअधिकारको घोर उल्लंघन पनि हो । लैंगिक हिंसा अन्तर्राष्ट्रिय समुदायको सरोकारको विषय पनि हो । यो महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध हो । लैंगिक हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ ।पारिवारिक सम्बन्धका आधारमा हुने घरेलु हिंसाअन्तर्गत वैवाहिक बलात्कार, कुटपिट, यौनांग छेदन, एसिड आक्रमण, दाइजोको नाउँमा हुने हिंसा, कुरीति र अन्धविश्वासका आधारमा हुने हिंसा, कमलरी, छउपडी, बोक्सी, बादी, देउकीलगायत विभिन्न कुरीतिजन्य हिंसा पर्छन् । त्यस्तै, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, मानव बेचबिखन, बलात्कार, वेश्यावृत्तिजस्ता हिंसा समुदायमा हुन सक्ने महिलाविरुद्धका हिंसा हुन् । विश्वव्यापीकरणको प्रभावबाट महिलाविरुद्धका हिंसाका स्वरूप र प्रकृति बदलिँदो अवस्थामा छन् । अहिले पनि एसिया महादेशका दक्षिणी भेगमा लैङ्गिक हिंसा बढी हुने गरेको हो। यो हिंसा हाम्रो गाउँमा शिक्षाको कमीले पनि हुने गरेको र बेरोजगारीको कारणले पनि हुने गरेको देखिन्छन् ।

(Visited 17 times, 1 visits today)

HTML tutorial