मनकामनापोष्ट

Written by 7:07 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

सप्तरीमा अलपत्र परेकी युवती न्यायका लागि गुहार्दै



सप्तरी,असोज ६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षिया एक युवतीलाई पतिले राख्न नमानेपछि अहिले उनी अलपत्रमा परेकी छिन् ।
गत २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेकी उहाँको पतिले घर लान र पत्नि बनाएर राख्न अस्विकार गरेपछि अलपत्रमा परेकी हुन् ।
चार वर्ष अघि उहाँले सोही गाउँपालिका ३ का २४ वर्षिय सानु चौधरीसँग अन्तरजातिय प्रेम विवाह गरेकी थिइन् । प्रेम विवाह गरेको भोली पल्टैदेखी राजविराज ७ स्थित चन्द्र नारायण देवको घरमा भाडाको कोठा लिई एक्लै उनी बस्दै आएकी छिन् । केही समय पति चौधरीसँगै बसेपनि विगत लामो समयदेखी सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उहााको भनाई छ ।
स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो दैनिकी जिवन यापन गरिरहेकी छिन् । उहााले पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको समेत बताइन् । उनी न्यायका लागि लामो समयदेखी प्रहरी र अदालतमा धाईरहेकी छिन् ।

(Visited 14 times, 1 visits today)

HTML tutorial