मनकामनापोष्ट

Written by 8:34 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, स्थानीय समाचार

कोरोना भैक्सिनको नाउँमा पैसा उसल्दै बर्थिङ्ग सेन्टरका ईन्चार्ज सिंह


अमित ठाकुर
रौतहट,असोज ७ गते ।
बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस नियन्त्रण गर्न नेपाल सरकारले निःशुल्क रुपमा कोभिड भ्याक्सिन लगाउन सबै स्वास्थ्यकर्मीलाई पत्रचार गरेको थियो।कोरोनाको लहर नियन्त्रण गर्न नेपाल सरकारले अन्य देशबाट अनुदान तथा खरिद गरी ल्याईएको खोप नेपाली नागरिकलाई निःशुल्क लगाउन भने पनि अधिकांश ठाउँमा खोप तथा कार्डको कालाबाजारी बढेका छन्। रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा पर्ने बर्थिङ्ग सेन्टरका ईन्चार्ज डा.सुधिर सिंहले १५ सय रुपैयाँ लिई सो कोभिड – खोप लगाई रहेको कुरा बाहिर आएको हो। ईन्चार्ज सिंहले कोभिड खोप बापत १५ सय र कार्ड बापत १ हजार लिदै आईरहेको कुरा बाहिर आएको हो। नेपाली नागरिकलाई कोभिड खोप लगाउन नेपाल सरकारले निःशुल्क भनेपनि अधिकांश ठाउँमा खोपको लागि कालाबाजारी भईरहेको स्थानीयहरुले आरोप लगाएका छन्। नेपालका आम नागरिकले निःशुल्क रुपमा पाईने खोप सहुलियतपूर्ण नपाई पावर र पहुँचबालालाई मात्रै पाई रहेको देखिएको हो। नेपाल सरकार द्वारा निःशुल्क बितरण गर्न भने पनि यस्ता गैर जिम्मेवार कार्य गर्ने माथि निकाय अहिले सम्म गम्भीरतापूर्वक नबन्नु स्थानीयले गुनासो गरेका छन्। नेपालमा अहिले खोप भन्दा बढी कोभिड –१९ को कार्ड नै फालमफाल भएपनि राज्य गम्भीर देखिएको छैनन्।कोरोना भ्यासिनको जिम्मेवारी स्थानीय तहलाई दिएपछि कालाबजारी बढेको स्थानीयले गुनासो गरेका छन्। यस बिषयमा डा .सिंह संग सोधपुछ गर्दा केही राजनितीक दलका नेताहरुले सड्यन्त्र गरि मलाई बदनाम गर्न खोजेको त्यस्ता किसिमको रुपैयाँ अहिले सम्म कसै संग नलिएको बताएका छन्।

(Visited 21 times, 1 visits today)

HTML tutorial