मनकामनापोष्ट

Written by 4:33 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

करेन्टबाट आमालाई बचाउनखोज्दा छोराको मृत्यू


सिरहा,असोज ७ गते । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नुहाई रहेकी आमालाई करेन्ट लागेका बेला बचाउनजाँदा आफैलाई करेन्ट लागेर कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झाको मृत्यु भएको हो ।
चापाकलमा जडान भएको मोटर चलाएर नुहाउने क्रममा झाको आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा उनलाई करेन्ट लागेर मृत्यू प्रहरीले जनाएको छ । करेन्ट लागेर झाकी आमा भने गम्भीर बनेकी छन् । उनको स्थानीय फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

(Visited 27 times, 1 visits today)

HTML tutorial