मनकामनापोष्ट

Written by 11:23 am ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय

सिरहाको गोलबजारमा परिचय नखुलेको बेवारिसे पुरुषको शव फेला


सिरहा, ९ असोज । सिरहाको गोलबजारमा बेवारिसे पुरुषको शव फेला परेको छ । सिरहाको गोलबजार नपा ८ भाईजीटोलमा अन्दाजी ६५ वर्षिय पुरुषको शव फेला परेको हो ।
केही दिन अघिमात्र गाउँघरमा मागेर खाने र जता तलै सुतेरहिड्ने ती पुरुष आज विहान गाउँको बाटोमा मृत भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तेष राईले बताए ।
उनको शव पोस्टमार्टमको लागि लाहनस्थित रामकुमार उमाप्रसाद स्पमारक अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 65 times, 1 visits today)

HTML tutorial