मनकामनापोष्ट

Written by 5:07 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

सर्लाहीमा २ जनाको शव फेला थप अनुसन्धान हुँदै


राजिव शाह
सर्लाही,असोज ९ गते ।
सर्लाही सदरमुकाम मलंगवामा शनिवार दुई जनाको शव फेला परेको छ । जसमध्य एक नवजात ७ महिने नवजात शिशु रहेका छन् ।
सदरमुकाम मलंगवाको पानीटंकीबाट उत्तर पल्सी जाने सडक छेउमा रहेको उक्त पोखरीमा शनिवार बिहान तैरिरहेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । स्थानीयवासी श्याम महतोले गर्भावस्थाकै शिशु फालेको जस्तो देखिएको बताए । उता शनिवार दिउँसो सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ७ गणेशियास्थित नहरमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । कुहिन थालेको अवस्थामा अन्दाजी ३५–४० वर्षका पुरुषको शव फेला परेको प्रहरी निरीक्षक एवं सूचना अधिकृत कृष्ण गिरीले जानकारी दिए । शनिबार भेटिएको दुवैको मृत्युको कारण खुल्न नसकेको र शवको पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

(Visited 36 times, 1 visits today)

HTML tutorial