मनकामनापोष्ट

Written by 5:16 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

नेकपा (एकिकृत समाजवादी) सखुवाप्रसौनीको अध्यक्षमा साह


रन्जित चौरसिया
पर्सा,असोज ९ गते ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा (एकिकृत समाजवादी) को गाउँ कमिटी गठन भएको छ । कोइलाभार मन्दिरमा भएको पार्टीको गाउँ भेलाले दिपेन्द्र साहको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।
नवगठित गाउँ कमिटीको उपाध्यक्ष हेमराज चौधरी, सचिव अफताव आलम, सह सचिव अमिरका पासवान, सदस्यहरु दिपेन्द्र खवास, मिथुन खवास, सत्यनारायण चौधरी, वासु चौधरी, मुम्ताज अन्सारी, जगदिश प्रसाद कुर्मी, जयलाल राम, जयनारायण चौधरी, मोहित दास थारु, रायाशंकर चौधरी, वीरेन्द्र सहनी, बेचु प्रसाद कमकर, हरिन्द्र प्रसाद साह, सुरेन्द्र साह, दिपक कलवार, श्यामनाथ राम, महेश राम लगायतका रहेका छन् ।
जेष्ठ जिल्ला सदस्य राजेन्द्र चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज रामचन्द्र साहको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रदेश कमिटी सदस्य किशोरी कुशवाहा, जिल्ला सदस्य मोहन यादव, अशोक यादव, रमेश चौधरी, अमृता चौधरी, डा. मोताब अन्सारी, नरेश जयसवाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

(Visited 9 times, 1 visits today)

HTML tutorial