मनकामनापोष्ट

Written by 5:28 pm ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज

किशोरी फुटबलमा खडक बाल सञ्जाल विजयीे



सप्तरी,असोज ९ गते । राष्ट्रिय बाल दिवसको अवसर पारेर सप्तरीको भदियामा आयोजना गरिएको नगरस्तरीय मैत्रीपूर्ण किशोरी फुटबल प्रतियोगितामा खडक नगर बाल क्लव सञ्जाल विजयी भएको छ ।
खडक न.पा. ८ नम्बर वडा कार्यालयको आर्थिक तथा सबल नेपालको प्राविधिक सहयोगमा कोपिला वडा बाल क्लव सञ्जालद्वारा शनिवार आयोजित किशोरी फुटबल प्रतियोगितामा खडक नगर बाल क्लव सञ्जालले सुरुङ्गा नगर बाल क्लव सञ्जाल माथि ३–० गोल अन्तरले विजयी भएको हो । फुटबलमा किशोरीहरुको उत्साहलाई सहयोग पुर्याउन एक दिवसीय प्रतियोगिता संचालन गरिएको आयोजक बाल क्लव सञ्जालका अध्यक्ष प्रल्हाद चौधरीले जानकारी दिएका छन् ।
त्यस्तै, प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको किशोर फुटबलमा एकता बाल क्लव खडक न.पा.–८ टोलबाजाले सूर्योदय बाल क्लव खडक न.पा.–५, मुसहर्नियाँलाई ३–०गोल अन्तरले नै पराजित गरेको छ । शनिवारै विहान भएको पहिलो चरणको खेलमा एकता बाल क्लवले आयोजक कोपिला बाल क्लव सञ्जाललाई र सूर्योदय बाल क्लवले ज्योति बाल क्लव खडक न.पा.–५, खोजपुरलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको थियो ।
विजेता टिमलाई खडक नगरपालिकाको नगर प्रमुख हेमायु हक, सुरुङ्गा नगरपालिकाको नगर उपप्रमुख बिन्दा कुमारी पासवान, खडक न.पा.–८ का वडा अध्यक्ष मोहम्मद इसराइल, सबल नेपालका परियोजना संयोजक नन्दकिशोर चौधरी लगायतकाले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

(Visited 16 times, 1 visits today)

HTML tutorial