मनकामनापोष्ट

Written by 2:37 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज, स्थानीय समाचार

मजदुरहरुको अधिकारका लागि हतियार उठाउन तयार


शुभ नारायण यादव
सप्तरी,असोज १० गते ।
मजदुरहरुको हक अधिकार सुनिश्चितताका लागि हतियार समेत उठाउन पछाडि नपर्ने उदघोष एक कार्यक्रमका सहभागी मजदुरहरुले गरेका छन । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट डाक्नेश्वरि नगरपालिकाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहभागिहरुले सो कुरा बताएका हुन । सप्तरीको डाक्नेश्वरि नगरपालिका स्थित पातो बजारमा आयोजित कार्यक्रममा सहभागीहरुले मजदुरहरु अझै पनि श्रम अनुसारको मजदुरि नपाएको गुनासो गर्दै मजदुरहरुको हम अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन । राज्यको उदासिनताले पनि मजदुरहरुको हम अधिकार सुनिश्चितता हुन नसकेको अवस्थामा सम्पूर्ण मजदुरहरुलाइ अगाडि बढन अनुरोध गर्नु भएको छ । जिफन्टका डाक्नेश्वरि नगर अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा जिल्ला कृषि बगान क्षेत्र फापुनका जिल्ला अध्यक्ष आनन्दि यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिफन्टका उपाध्यक्ष गायत्री पण्डित , सचिवमा गणेश कुमार चोधरि , शम्भु राम , चन्द नारायण ठाकुर , अरुलिया देवि मण्डल ,ललिता शर्मा , सावित्री सदा , अनिता सरदार ,प्रमिला यादव ,निर्मला राम ,श्री प्रसाद सदा ,बबिता राय , पिङ्कि साह राधा सदा , श्रीवति साह लगायतका बक्ताहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । उक्त अगुवा कार्यकर्ता भेलामा जिफन्टसग आवद झन्डै सयांै भन्दा बढि महिलाहरुको सहभागीता रहेको थियो ।

(Visited 10 times, 1 visits today)

HTML tutorial