मनकामनापोष्ट

Written by 4:26 pm ताजा अपडेट, प्रदेश नं.१, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय, समाज, स्थानीय समाचार

प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताःउदघाटन खेलमा ग्रीन कल्चर विजयी



सन्तोष गुप्ता
सुनसरी,असोज १० गते ।
वराहक्षेत्रको चतरामा आज वाट शुरु भएको ‘प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताको उदघाटन खेल, ग्रीन कल्चर फुटवल क्लव चक्रघट्टीले जितेको छ । आयोजक चतरा फुटवल क्लब वराहक्षेत्र १ लाई टाइब्रेकर पेनाल्टी सुटआउटमा १ गोलले हराउदै विजयी बनेको हो ।

खेल २,२ गोलले बराबर भएको थियो, खेललाई रोमान्चक बनाउ“दै मध्यान्तर अघि चतराका दिवस लिम्बु र सागर पांचकोटीले १,१ गरेका थिए ।चतरा लाई टक्कर दिंदै पहिलो हाफमा ग्रीन कल्चरकाकासिम राईले१ गोल गरेका थिए, उनलाई साथ दिंदैमध्यान्तर पछि भएको खेलमा अर्का खेलाडी निशान श्रेष्ठले १ थप गोल गर्दै खेल बराबर बनाएका थिए ।

खेलको म्यान अफ द म्याच ग्रीन कल्चरका गोलकीपर आयुस बजगा“ईलाई आयोजक चतरा फुटवल क्लवका अध्यक्ष राजकुमार राईले नगद १ हजार तथा ट्रफी प्रदान गरेका थिए ।

स्थानिय चतरा खेल मैदानमा भईरहेको प्रतियोगिताको सोमवार हुने खेलमा हाटखोला फुटवल क्लब वराहक्षेत्र,२ र राजाबास फुटवल क्लब वराहक्षेत्र ९ का विच हुने सचिव दिनेश राईले बताए ।

(Visited 14 times, 1 visits today)

HTML tutorial